नेकपा एमालेका धादिङ नेता हरिराम लोहनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को चुनावी अभियानमा देखिएपछि तरंग
धादिङ । नेकपा एमालेका धादिङका नेता हरिराम लोहनी नेपाली कम्युनिस्ट पार्टी नेकपाको चुनावी अभियानमा हिँडेका छन् । एमालेबाट ज्वालामुखि गाउँपालिका अध्यक्षको उम्मेदवार समेत रहेका लोहनी नेपाली कम्युनिस्ट पार्टीका धादिङ १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राजेन्द्र पाण्डेको अभियानमा लागेको तस्विर प्राप्त भएको छ ।
नेपाली कम्युनिस्ट पार्टीका नेताहरु पाण्डे, गंगालाल तुलाधार र संविधान सभा सदस्य गुरु बुर्लाकोटीसँगै तारा चिन्हको लोगो समेत लगाएर उनी चुनावी अभियानमा हिँडेपछि एमाले धादिङमा तरंग पैदा भएको छ । नेकपा एमाले धादिङको उपसचिव समेत रहेका लोहनी ज्वालामुखि गाउँपालिकामा प्रभावशाली व्यक्ति हुन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्
0.0%
0.0%
0.0%
0.0%
0.0%