साङुटारमा हरायो पर्स, फेला पार्ने व्यक्तिलाई बुझाई दिन अनुरोध
धादिङ । निलकण्ठ नगरपालिका वडा नम्बर ८ का लक्ष्मी गुरुङको आज मिति २०८२ साल फागुन ११ गते पर्स हराएको जानकारी प्राप्त भएको छ।
उक्त पर्समा नगद र केहि महत्वपुर्ण कागजात रहेको बताइएको छ। सिसी क्यामेराको आधारमा पर्स सुरक्षित रूपमा उठाइ राखिएको देखिएको छ भने फेला पार्ने व्यक्तिसम्म पुग्ने खोजी कार्य निकै नजिकै पुगेको जनाइएको छ।
सम्बन्धित व्यक्तिले ससम्मानका साथ पर्सका धनी लक्ष्मी गुरुङ समक्ष बुझाइ दिनुहुन वा नजिकको प्रहरी कार्यालयमा बुझाइ सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरिएको छ। पर्स ससम्मानका साथ बुझाइएमा उचित सम्मान गरीने लक्ष्मी गुरुङले सिद्ध खबरलाई बताउनु भयो
**सम्पर्क:**
📞 पर्स धनी :- 9863456015 9841656526,
आफ्नो प्रतिक्रिया दिनुहोस्
100.0%
0.0%
0.0%
0.0%
0.0%